अविरल वर्षाका कारण देशैभर जनजीवन प्रभावित बाढी र पहिरोमा परि कम्तीमा ९जनाको मृत्यु

काठमाण्डौं  असार १९ ।  अविरल वर्षाका कारण मुलुकका विभिन्न ठाउँमा अाएकाे बाढी र पहिरोमा परी कम्तिमा ९ जनाको मृत्यु भएको छ । अविरल वर्षापछि आएको बाढी पहिरोका कारण यतिबेला देशका अधिकांश भूभाग जलमग्न छन् भने जनजीवन पनि कस्टकर बन्दै गएको छ ।  यस्तै बाढी पहिरोमा परि दुई जना बेपत्ता भएकाे प्रहरी प्रधान कार्यालयले जनाएकाे छ ।

काठमाडौंको धर्मस्थलीस्थित महादेव खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तारकेश्वर नगरपालिका–६ का प्रकाश पुर्कोटी छन् । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको बताएका छन् ।

उता अवरिल वर्षाले रुन्टिगढी गाउँपालिका(५ सैवाङ बस्ने राज कुमार बि।क।को टिनले छाएको भान्छा घर भत्कँदा विककी २२ वर्षीया श्रीमती कमला बिक, १८ दिनकी छोरी आयुषा बिक र १५ वर्षीया चित्रा बिकको च्यापिएर  मृत्यु भएको छ । उक्त घटनामा आयुषा र चित्राको घटनास्थलमै र कमलाको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी लैजाने क्रममा बोटोमै मृत्यु भएको हो ।

उता कैलालीको गोदवरी नगरपालिका(९ धनचौरी बस्ने कडेर राणाको एक तले काठले बनेको कच्ची घर वर्षाले भत्किँदा घर भित्र सुतिरहेकी राणाकी ६० वर्षीया श्रीमती दुठा राणाको घटनास्थलमै मृत्यु भएको छ ।

यस्तै पर्साको पर्सागढी नगरपालिका(४ स्थित फन्ती खोलामा आएको बाढीले बगाएर सोही नगरपालिका(८ बस्ने १५ वर्षीया प्रतिमा रामको मृत्यु भएको छ । साथै सोही ठाउँ बस्ने १५ वर्षीय सुरेन्द्र महतो बेपत्ता भएका छन् ।

बाढीले बगाएका १५ वर्षीया संगीता चौरासियालाई बेहोस अवस्थामा र १५ वर्षीय सुमन पासवानलाई बगाईरहेको अवस्थामा उद्धार गरिएको छ । बर्वाछटौली उच्च माध्यामिक बिद्यालयबाट परीक्षा दिई  घर फर्किने क्रममा उनीहरुलाई खोलाले बगाएको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले उनीहरुको उद्धार गरेको थियो । बेहोस चौरसियालाई उपचारको लागि वीरगंजतर्फ पठाउनुका साथै बेपत्ता भएका महतोको प्रहरीले खोजतलास गरिरहेको छ ।

सिन्धुलीको दुधौली नगरपालिका(५ बस्ने ६५ वर्षीया धनरानी तामाङको  कमला खोलापारी खेतालालाई खाजा पुराउन जाने क्रममा खोलामा डुबेर मृत्यु भएको छ ।
चितवनको भरतपुर महानगरपालिका १४ बरमझी बस्ने २७ वर्षीया लक्ष्मी वि।क।को  सोही ठाउँमा रहेको नहरमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ ।

यता बाँकेको  कोहलपुर नगरपालिका ४ गौवागाउँ बस्ने रामसिंह पासीको ५ वर्षीय छोरा रन्जित पासीको  घर नजिकै रहेको सडकको नालामा खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

यसैगरी बाँके बैजनाथ गाउँपालिका ३ बस्ने ६६ वर्षीया तुला बुढा  सोही ठाउँमा रहेको जेठी नाला तर्ने क्रममा नालाले बगाई बेपत्ता भएका छन् । प्रहरीले उनको खोजतलास गरिरहेको छ ।