नागरिक समाजका अगुवाहरूले सरकार जनता सँग डराएको बताए

काठमाडौं। नागरिक समाजका अगुवाहरुले माइतीघर मण्डल लगाएतका अन्य स्थानहरुमा शान्तीपुर्ण ढंगले प्रर्शन गर्न नदिनु सरकार आफै जनतासँग डराएको आरोप लगाएका छन् ।

पब्लिक डिफेन्स एलाइन्सले मंगलबार पत्रकार सम्मेलन गरी डा. गोविन्द केसीको अनसन, सरकारले तोकेको निषेधाज्ञा र गंगामाया अधिकारीको अनसनबारे आफ्नो धारणा सार्वजनिक गरेको हुन् ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले संविधानमा लेखिएको कुरा बताउदै सरकारले जनताको बोली नै बन्द गर्न खोजेको आरो लगाएकी छिन् । उनले भनिन् ‘संविधानले भनेको छ, शान्तिपूर्वक भेला हुन पाइन्छ, आफ्नो विचार व्यक्त गर्न पाइन्छ’ उनले भनिन्, व्यक्तिमाथि अन्याय भयो, समाजमाथि अन्याय भयो भने मान्छेले बोल्छ । दुरदराज, जंगलमा गएर बोलेर त हुँदैन । सडकमै आएर बोल्नुपर्छ जहाँबाट सुनिन्छ, त्यही आएर बोल्नुपर्छ ।’

तर, दलहरुले प्रतिपक्षमा बसेको बेला सडकको बार पनि भत्काउने र सत्तामा पुगेपछि अदालत पनि परतन्त्र होस्, कसैले नबोलोस् भन्न चाहेको उनले बताइन् । र भनिन् हिजो पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको र भोलि सरकार छाडेपछि फेरि यही आउनुपर्छ भन्ने नबिर्सन आग्रह गरिन् ।

अभिवक्ता सुरेन्द्र भण्डारीले सरकारले दुई तिहाईको शक्तिलाई उन्मादमा परिणत गरेको बताए । ‘नागरिकसँग डराउने सरकार कायर नै हुन्छ’ उनले भनेका छन्, ‘यस्तो कायर सरकारले मसँग यति मत छ भन्नुको कुनै अर्थ छैन ।’

अधिवक्ता ओमप्रकाश अर्यालले चिकित्सा शिक्षा विधेयकमा सरकारले माथेमा आयोगको प्रतिवेदनमा अस्वीकार गरेको बताए । अध्योदशलाई निरन्तरता दिने क्रममा स्वीकार गरेका विषयहरुमा समेत सरकार पछि हटेको भन्दै उनले भने, ‘अहिले थपिएका हरेक प्रावधान एउटा एउटा मेडिकल कलेजका लागि छ ।’

उनले अध्यादेशमा भएको १० वर्षसम्म उपत्यकामा मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले ५ वटाभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाइने, मेडिकल कलेजको आफ्नै अस्पताल हुनुपर्ने, सरकारी कलेजमा ७५ प्रतिशत छात्रवृत्ति हुनुपर्ने जस्ता प्रावधान हटाइएको भन्दै विरोध गरेमा छन् ।

‘सरकारको कदम प्रतिगामी र मेडिकल शिक्षालाई नाफामुखी बनाउने उनमो भनाइ छ ।’

कार्यक्रममा प्रधानन्यायाधीश सुशीला कार्की, मानवअधिकारकर्मी चरण प्रसाईंलगायतले आमरण अनसनरत गंगामायाको माग सम्बोधन गर्न आग्रह गरेका छन् ।

दलहरुले गंगामायाको अनसनलाई प्रतिपक्षमा बस्दा मुद्दा बनाउने र सरकारमा गएपछि बिर्सने गरेको कार्कीले बताइन्। । छोरा र श्रीमान गुमाएको उनी न्यायका लाडिरहेको तर, सबैको उनको घाँटी थिचेर मार्न खोजेको उनले बताइन् ।