जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

रसुवा, असार २० । रसुवामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । आमाछोदिङ्ग गाउँपालिका–५ मा हिजो राति १० बजे बा १७ च ५३४५ नम्बरको जिप दुर्घटना हुँदा अरु दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

दुर्घटनामा मोरङ्गका ४५ वर्षे शिवगञ्ज राजवंशी र दाङ्गका २४ वर्षका विकास घर्तीमगरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गौतम अर्याल र जीवन राई घाइते भएका छन् ।

यसैबीच दाङको गढवा गाउँपालिका–४ रामनगरमा गएराति ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५६ वर्षीय रामलाल चौधरी रहेका छन् ।