शिक्षाक सेवा अायोगको अावेदन बुझाउन तीन दिन परीक्षाथीलाई सास्ती

बैतडी, असार २३ । बैतडीमा शिक्षक सेवा आयोगको आवेदन बुझाउन २÷३ दिन लाग्ने गरेको आवेदकहरुले गुनासो गरेका छन् । यसले परीक्षार्थी मर्कामा परेका छन् । टाढाबाट आवेदन बुझाउन आउनेहरु निकै समस्यामा परेको पाटन नगरपालिका–३ बाट शिक्षक सेवा आयोगको आवेदन बुझाउन सदरमुकाम पुगेका दिपेन्द्र पन्तले बतएका छन् ।

 

 

सदरमुकाम पुगेको ३ दिनसम्म पनि आफूले आवेदन बुझाउन नपाएको पन्तको गुनासो छ । वाणिज्य बैङमा बिहान १० बजे भौचर भर्दा साँझ ६ बजे मात्र काम बन्ने गरेको पन्तको भनाइ छ । यस्तै शिक्षा विकास तथा समन्वय इकाई बैतडी कार्यालयमा पनि बिहान १० बजे आवेदन बुझाउन जादाँ साँझ ५ बजेसम्म लाइनमा बस्नुपर्ने अवस्था आएको गुनासो गरेका छन् । सेवाग्राहीको भिडभाड र कर्मचारीको व्यवस्थापन नहुदाँ यस्तो समस्या भएको शिक्षक पन्तको भनाइ छ । यता इकाई प्रमुख नरेन्द्र प्रसाद अवस्थीले भने सकेसम्म आवेदन बुझाउने परीक्षार्थीलाई सहज वातावरण बनाउने प्रयास गरीरहेको बताएका छन् ।

 

 

अवस्थीले पहिले वास्ता नगरेर अन्तीममा आएर आवेदन बुझाउने गरेकोले यस्तो अवस्था आएको बताएका छन् । उनले भने, ‘अधिकृतदेखि लिएर सबै कर्मचारी यो काममा खटाएको हुनाले यस्तो समस्या आएको होइन । पहिलेको भन्दा अहीले आवेदन बुझाउने परीक्षार्थीहरुलाई आफुहरुले धेरै ठाउँ पुग्नु पर्ने समस्या हटाएको उनले बताएका छन् । एकै ठाउँबाट काम गर्न सक्ने व्यवस्था परीक्षार्थीहरुलाई मिलाएको उनको भनाइ छ । इकाई प्रमुख अवस्थीले कोही एक दुई जना परीक्षार्थीहरुकै व्यक्तिगत कारणले यस्तो समस्या आएपनी आफुहरुबाट भने यस्तो वातावरणको सिर्जना नभएको बताएका छन् । आफूसंग पनी काम ढिलासुस्ती भयो भनेर अहिलेसम्म कुनै परीक्षार्थीको गुनासो नआएको अवस्थीको भनाइ छ ।

 

 

आर्थिक वर्षको अन्तिम महिना भएकोले बैंकमा पनि योजना निर्माणसम्पनन पश्चात स्थानिय तहका नागरिक पनि भुक्तानी लिन आउने भएकोले बढी समय लाग्ने गरेको छ । यसैबिच शिक्षक सेवा आयोगको फर्म भर्दा राष्ट्रिय वाणिज्य बैकको भौचरमा शिक्षा कार्यालयको स्टाम्प (छाप) अनिवार्य भएपछि सेवा ग्राहीहरुलाई पर्न गएको मार्काबारे नेपाल पत्रकार महासंघ र सामाजिक चेतना तथा विकास संघ (साडा) नेपाल को एक टोलीले राष्ट्रिय बाणीज्य बैक शाखा बैतडीसंग शुक्रबार छलफल गर्दा अब उप्रान्त राजश्व जम्मा गर्दा शिक्षा कार्यालयको छाप नभएपनी बैकले राजश्व लिने बैंकले जनाएको छ ।