अग्नि पीडित बालबालिकालाई शिक्षक संघले पोशाक वितरण

 

फाइल फाेटाे

इनरुवा असार  २४ ।सुनसरी बराहक्षेत्र नगरपालिका ,११मधुवनका अग्निपीडित बालबालिकालाई शनिबार नेपाल शिक्षक संघले पोसाक वितरण गरेको छ।

चार महिना अघि बराहक्षेत्र नगरपालिका– ११ मधुवनको कोशी क्षेत्रमा रहेको सरदार बस्तीमा आगलागीबाट पीडित भएका बालबालिकालाई संघले पोशाक वितरण गरेको हो ।

अग्निपीडित २५ जना बालबालिकालाई विद्यालय जान सहज होस् भनेर पोशाक वितरण गरेको संघ सुनसरीका अध्यक्ष बेनु सिग्देलले जानकारी दिनुभयो ।
बराहक्षेत्र नगरपालिका– ११ मधुवनमा भएको आगलागीमा ५२ घरका रु एक करोड ५० लाख बढीको क्षति भएको थियो । सोही क्रममा विद्यालय जाने उमेर समूहका विपन्न र दलित बालबालिकाको पोशाक र पाठ्यपुस्तकसमेत जलेर नष्ट भएको थियो ।

घटनाका बारेमा रासससहित विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन प्रसारण भएपछि सरोकार भएकाले सो क्षेत्रमा सहयोग गर्नेक्रम जारी रहेको छ । रासस