पाेखरामा बन्दको प्रभाव

पोखरा, २५ असार । तमुवान मगरात संघर्ष समिति र नेपाल आदिवासी जनजाति महासंघले गण्डकी प्रदेशलाई तमुवान मगरात प्रदेश नाम राख्नुपर्ने मागसहित गरेको गण्डकी बन्दको पोखरामा प्रभाव परेको छ ।

बन्दका कारण बिहानैदेखि सार्वजनिक यातायात सेवा पूर्णरुपमा ठप्प छ भने शैक्षिक संस्थामा पठनपाठन हुन सकेको छैन । पोखरामा बिहानैदेखि अविरल पानी परे पनि बन्दकर्ता बजारका विभिन्न चोकमा बन्द सफल बनाउन परिचालित छन् ।

बन्द हालसम्म शान्तिपूर्ण नै रहेको कास्की प्रहरीका प्रवक्ता रवीन्द्रमान गुरुङले बताउनुभयो । प्रदेशसभा बैठकले साविक प्रदेश नं ४ को नाम गण्डकी राख्ने प्रस्तावलाई गत शुक्रबार दुइतिहाई बहुमतले पारित गरेको थियो । रासस