डा .केसीको स्वास्थ्य अवस्थ गम्भीर

काठमाडाैं असार २६ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा १० दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको अवस्था जटिल बन्दै गएको छ ।
प्रधानमन्त्री केपी ओलीले सोमबार उनीसँग टेलिफोन वार्ता गर्न चाहे पनि खराब स्वास्थ्यका कारण सम्भव भएन

 

 सोमबार दिउँसो साढे २ बजे प्रधानमन्त्री कार्यालयबाट डा. केसीलाई फोन आएको थियो । तर डा। केसीको स्वास्थ्यमा समस्या आएपछि कुराकानी हुन नसकेको उनका आफन्त किशोर केसीले बताए । ‘डा। केसीसँग प्रधानमन्त्रीले केही कुरा गर्न चाहनुभएको थियो,’ उनले भने, ‘तर उहाँ बोल्न नसक्ने भएपछि मैले फोनबाट कुरा गर्न नसक्ने बताए ।

डा। केसीको उपचारमा संलग्न चिकित्सकका अनुसार मुटुको चाल बढ्नुका साथै रोगसँग लड्ने क्षमता कमजोर बन्दै गइरहेको छ । केसीको अवस्था गम्भीर बनेको उपचारमा संलग्न चिकित्सक टोलीका संयोजक डा। प्रवीण गिरीले बताए ।

अहिले पिसाबका लागि शौचालयसम्म जान सक्ने अवस्था छैन,’ उनले भने, ‘अवस्था जटिल भए पनि अत्यावश्यक औषधिसमेत लिन मान्नुभएको छैन ।’ उनलाई अक्सिजन र स्लाइनबाहेक अरू औषधि नदिइएको उनको भनाइ छ ।कान्तिपुर बाट