महाकाली नदि किनारमा मृत अवस्थामा शव फेला

सांकेतिक तस्बिर

कञ्चनपुर, असार २६ । कञ्चनपुरको भीमदत्त नगरपालीका ११ भुजेला स्थीत महाकाली नदी किनारमा मंगलवार ४५ वर्षीय नैनराम सार्की मृत अवस्थामा फेला परेका छन् । महाकाली नदीको तटबन्ध नजिक सार्कीको शव फेला परेको हो ।

सार्कीको टाउकोमा गाडी चढाएर हत्या गरेको जस्तो देखिन्छ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर सेटीले भने, ‘पुरै टाउको फुटेको छ, गिद्धि बाहिर निष्केको छ ।’ उनका अनुसार बाँया हातको पाखुरा समेत टुटेको छ । घटना राती भएको हुन सक्ने उनले बताए ।

दार्चुलाको लेकम घर रहेका सार्की भुजेलामा जग्गा अधिया लगाएर बस्दै आएको बताइएको छ । प्रहरीले सार्कीको मृत्यु बारे अनुसन्धानको कार्य अगाडी बढाइएको छ । मृतकको शव परिक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।

भने यसैविच,अर्को  महाकाली नदीमा पहिचान खुल्न नसकेको पुरुषको शव समेत फेला परेको छ । नदीको पानीले शव बगाएर ल्याएको हुन सक्ने प्रहरीले जनाएको छ ।