अछाममा जिप दुर्घटना हुदा ५जना घाइते

अछाम, असार २७ । अछामको जयगढ बजारबाट साँफेबगर जाँदै गरेको से १ त ३६८ जीप साँफेबगर नगरपालिकाको वयलपाटास्थित जनता क्याम्पस नजिक दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

जीपमा सवार रहेका बान्नीगढी जयगढ गाउँपालिका–५ का सेतु परियार र वडानम्बर ६ का दिनेश परियार, रामारोशन गाउँपालिका–७ का मनपती भण्डारी, कलसी भण्डारी र पदम परियार घाइते भएको अछाम प्रहरीले जानकारी दिएको छ । मनपति, कलसी र पदमको सामान्य उपचारपछि अस्पतालबाट फर्किसकेका छन् भने दिनेश र सेतुको टाउकोमा चोट लागेका कारण टाँका लाएर उपचार भइरहेको इनिस्पेक्टर टेकबहादुर रावतले जानकारी दिएका छन्

जीप चालकलाई भने प्रहरीले नियन्त्रणमा राखेको छ । जीपकोब्रेक फेल भइ सडकमै पल्टिएर दुर्घटना भएको अछाम प्रहरीका इनिष्पेक्टर टेकबहादुर रावतले जानकारी दिए । सोही स्थान नजिक दुई वटा जीप यसअघि दुर्घटना भएका थिए ।