तत्कालीन( एन्फा)अध्यक्ष थापाले, खतिवडालाई ठिक पार्ने धम्की

काठमाडौं, असार २९ । विश्वकप फुटबलले सबैको ध्यानाकर्षण गराईरहेको बेला अखिल नेपाल फुटबल सघ (एन्फा) का तत्कालीन अध्यक्ष गणेश थापाले एउटा तारे होटलमा आयोजित मजिक समारोहमा पूर्वसांसद रामहरि खतिवडालाई ठिक पार्ने धम्की दिएका छन् ।

मगलबार सोल्टी होटलमा आयोजित एउटा विवाह भोजमा एन्फा नेतृत्वमा २० बर्षसम्म रहेर हाल निलम्बनमा रहेका थापाले कांग्रेस नेता रामहरि खतिवडालई तथानाम गली गरेर ठिक पार्ने धम्की दिएका हुन् ।

अघिल्लो संसद्को सार्वजनिक लेखा समितिले थापालाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष सिफारिस गरेको थियो। अख्तियारको निर्देशनमा थापा सांसद पदबाट ६ महिना निलम्बनमा परेका थिए। आफूलाई कारबाही गरिएको विषयमा उनले खतिवडालाई धम्की दिएका हुन्।

कांग्रेस नेता खतिवडाका अनुसार थापाले ‘मुलुकमा तपाईं मात्रै नेता हुनुहुन्छ मलाई कारबाही गर्न अरूलाई चासो नलाग्ने तपार्इंलाई मात्रै लाग्ने किन ? कांग्रेस-कम्युनिस्ट सबै सांसद मेरो पक्षमा भएका बेला तपाईंका कारण म कारबाहीमा परें, अब तपाईंलाई ठिक पार्छु’ भन्दै आक्रोश पोखेका थिए। ‘थापासँग मैले हात मिलाउन खोजें, उहाँ ममाथि गालीगलौजमा उत्रिनुभयो’, खतिवडाले भने। नागरिक दैनिकमा खबर छ ।