अादिकवि भानुभक्त अाचार्यको २०५आैं जन्म जयन्ती

काठमाडौं, असार २९ ।
नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती आज बिभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
देशभित्र र बाहिर रहेका नेपालीले आदिकवि आचार्यको सम्झनामा विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउने गरिएको छ ।

राष्ट्रिय विभूति आदिकवि आचार्यको जन्म १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो । भानुभक्तले रामायणलाई नेपालीमा भावानुवाद गर्नुभएको थियो ।

उहाँका बधुशिक्षा, प्रश्नउत्तर, भक्तिमाला, रामगीतालगायतका कृति सदावहार रुपमा चर्चित छन् ।
भानुजयन्तीलाई विश्वभर रहेका नेपाली भाषीहरुले राष्ट्रिय चाडकै रुपमा मनाउँछन् । नेपाली भाषीको वाहुल्य रहेको भारतको सिक्किम, दार्जि्लिङ, आसाम र डुवर्सलगायतका स्थानमा विशेष कार्यक्रम गरिन्छ ।

मोतीराम भट्टले १९४८ सालमा भानुभक्तको जीवनी प्रकाशित गरेपछि नेपाली भाषा साहित्यजगतमा भानुभक्तको योगदान प्रकाशमा आएको हो । उहाँभन्दा अघि नेपाली भाषामा लेख्ने कविहरु भए पनि तिनका रचनामा नेपाली, हिन्दी, संस्कृत, वज्र आदि भाषाको मिश्रण हुन्थ्यो ।