अब गीत बजाए बाफत रेडियोले रोयल्टी तिर्नुपर्ने

काठमाडौ असार २९।गीत बजाएबापत रोयल्टी तिर्नुपर्ने भएको छ । निजी रेडियोको संगठन बान, सामुदायिक रेडियोहरुको छाता संगठन अकोराव तथा संगीत, प्रस्तोता र संगीत उत्पादकको रोयल्टी संकलन गर्ने संस्थाबीच रेडियोले गीत बजाएबापत रोयल्टी तिर्ने सम्झौता भएको छ। 

 

जसअनुसार रेडियोको वाट अनुसार रोयल्टीको दर पनि तोकिएको छ । जसअनुसार १ सय वाटसम्मका रेडियोले वार्षिक २५ सय रुपैया, १ सयदेखि पाँचसय वाटसम्मका रेडियोले ४५ सय रुपैयाँ, ५ सयदेखि १ हजार वाटसम्मका रेडियोले वार्षिक ८ हजार रुपैयाँ र १ हजारभन्दा बढीका रेडियोले वार्षिक १२ हजार रुपैया रोयल्टी बुझाउनुपर्नेछ । 

 

यो सम्झौता आउँदो साउनदेखि लागू हुने र प्रत्येक पुस मसान्तभित्रमा रोयल्टी रकम सबै रेडियाेहरुले बुझाइसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।