प्रहरीले अश्रुग्यास प्रहार पछि डा.केसी बेहोस

। जुुुम्ला सााउन३।  मजुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीले अन्धाधुन्द अश्रुग्यास प्रहार गरेको छ। प्रहरीले अश्रुग्यास प्रहार गरेपछि डा गोविन्द केसी बेहोस भएका छन्।

अस्पतालमा भित्रै प्रहरी प्रहार गरेको अश्रुग्यासका कारण अस्पतालमा रहेका बिरामी, डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलगायतका कर्मचारीहरुको भागाभाग भएको छ।प्रहरीको लाठीचार्जका कारण प्रतिकारमा उत्रिएका केही विद्यार्थी तथा स्थानीयहरु घाइते भएका छन्।

 

यसैबीच स्वास्थ्य शिक्षामा व्यापक सुधारको माग राखेर जुम्लामा २० दिनदेखि आमरण अनसनमा बस्दै आएका डा.गोविन्द्र केसीलाई लिन गएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर बहादुर शाहीको टोली अस्पतालभित्र छिर्न नसकेपछि फर्किएको छ ।

 

आमरण अनसन बसिरहेका प्राडा.गोविन्द केसीलाई बिहीबार सरकारले प्रहरी लगाएर उपचारका लागि भन्दै काठमाडौं ल्याउने तयारी गरेपछि जुम्लाका स्थानीयबासीले त्यसको कडा विरोध गरेका छन् । विरोधपछि मुख्यमन्त्री शाहीको टोली रित्तै फर्केको हो ।

 

कर्णाली प्रदेशका कानुनमन्त्री नरेश भण्डारीलाई साथैमा लिएर पुगेको मुख्यमन्त्री शाहीसहितको टोलीलाई कार्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रै छिर्न नदिई प्रदर्शन भएपछि टोली फर्केर जुम्ला बजारमा रहेको कान्जिरोवा होटलमा बसिरहेका छन् ।

 

अस्पतालभित्र विद्यार्थीहरुले प्रदर्शन गरेका थिए भने बाहिर स्थानीयवासीले नाराबाजी गरेर गरेपछि जुम्ला सदरमुकाम तनावग्रस्त बनेको छ । स्थितिलाई भड्किन नदिन प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

 

यता जुम्लामा आमरण अनसनरत डा। गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् ।
प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि डा। केसी आफैं काठमाडौं आउन तयार भएको बताइएको छ ।

 

अब केहीबेरमा उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएर शिक्षण अस्पतालमा भर्ना गर्ने प्रहरीले जानकारी दिएको छ ।

 

यसअघि सरकारले डाक्टरहरुको टोलीसहित नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । तर, डा। केसीका समर्थकहरुले काठमाडौंबाट गएको टोली र प्रहरीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका डा। केसीसम्म पुग्नै दिएका थिएनन् ।