जुम्लामा प्रहरीको गाेली लागि प्रहरीकोनै मृत्यु

जुम्ला साउन ३।जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन प्रहरीले बल प्रयोग गर्ने क्रमम भएको झडपका क्रममा गोली लागेका प्रहरीको मृत्यु भएको छ ।

डा केसीको समर्थनमा अस्पताल वरिपरी जम्मा भएका समर्थकहरुलाई तितरबितर पार्न प्रहरीले गोली चलाएका थिए । प्रहरीले चलाएको गोली लागेर कयौँ प्रहरी र केसी समर्थक घाइते बनेका थिए ।

गोली लागेका घाइते प्रहरीको केही समयअघि मात्रै मृत्यु भएको जनएको छ । बिहीबार बिहान डा केसीलाई लिन नेपाली सेनाको हेलिकोप्टर गएपछि अस्पतालमा स्थानीय र विद्यार्थीले अवरोध गरेका थिए। सोही क्रममा प्रहरीले लाठीचार्ज, अश्रुग्यास प्रहार गर्नुका साथै गोली समेत चलाएको थियो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्रोतले ती प्रहरीको मृत्यु भएको पुष्टि गरेको छ।

जुम्लास्थित जिल्ला प्रशासन कार्यालयले भने मृतकलाई प्रहरीको गोली लागेको नभई केसी समर्थकले हानेको सिसा लागेको दावी गरेको छ ।

त्यस्तै गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जुम्लामा गोली नै चलेको र प्रहरीमाथि सिसाले प्रहार भएको दाबी गरे।