प्रधानमन्त्री अाेलीलाई पोखरामा कालो झण्डा

काठमाडौं, साउन ४ । नेविसंघका विद्यार्थीले पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाएका छन् । प्रम ओली गण्डकी प्रदेशमा सम्बोधन गर्न आएपछि नेविसंघ कास्कीले विरोधस्वरुप कालो झन्डा देखाएको हो ।

डा. गोविन्द केसीको मागमा सरकार जिम्मेवार नभएको बताउँदै नेविसंघ केन्द्रीय सदस्य भानु ढकालले मूल्य वृद्धि फिर्ता नलिएसम्म आन्दोलन नरोकिने चेतावनी समेत दिएका छन् । तानाशाही ओली शासनले आम जनताको पसिना र रगत खाने काम भएको भन्दै डा गोबिन्द केसिको जीवन रक्षासहित विकासको नाममा जनताको विनास गर्न नहुने नेविसंघ विकास थापाले बताए । उखान टुक्का र छलकपटको भरमा देश नचल्ने बताउँदै आन्दोलन थप चर्काउने थापाले बताए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले मूल्य वृद्धि तथा इन्टरनेट सेवामा लगाएको कर, पत्रकारमाथिको हस्तक्षेपलगायतको विषयलाई तत्काल रोक्नुपर्ने माग राखी ओलीलाई कालोझन्डा देखाएका हुन । -नेपाल समाचारपत्र