सरकारले बहुमतको दम्भ देखाएर तानाशाही भयो :सिंह

धनगढी, साउन ४ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिहंले ओली नेतृत्वको सरकारले बहुमतको दम्भमार्फत तानासाही प्रवृत्ति देखाएको आरोप लगाएका छन्।

 

प्रदेश ७ का पहाडी जिल्लाहरूमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि शुक्रबार धनगढी पुगेका नेता सिहंले विमानस्थलमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताए।

 

चुनावका बेला हामीले भनेझैँ कम्युस्‍ट सरकार अधिनायकवादतिर सर्वसत्तावादी शैलीलाई अघि बढिरहेको छ, कहिले उपकुलपतिलाई एयरपोर्टबाटै फर्काइन्छ, कहिले अस्पतालमा काम गरिरहेको डाक्टरलाई जबरजस्ती उठाएर मन्त्रालयमा पुर्‍याइन्छ’ नेता सिंहले भने, ‘यो अधिनायकवाद हो। सरकारको यस्तै रबैया रहे कांग्रेसले सदन र सडक तताउने नेता सिंहले बताए।

 

ग्रामीण क्षेत्रका जनताले पनि सेवा पाउनुपर्छ भन्ने माग राख्दै आमरण अनशनरत डाक्टर गोविन्द केसीका मागलाई सम्बोधन गर्न छोडेर सरकारले अपहरण शैलीमा उनलाई काठमाडौं लगेको प्रति नेता सिहंले आक्रोस व्‍यक्त गरे। ‘अस्पतालमै प्रहरी लगाएर लाठीचार्ज र गोली चलाएर सरकार राणा शासनभन्दा पनि कठोर भयो’ नेता सिंहले भने।