एकै परिवारका चार जनाले सेतीमा हाम फाले

डोटी साउन ५। आदर्श गाँउपालिका बडा नं. ४ बस्ने बंम वहादुर बोहराकी श्रीमति सहित २ छोरा र १ छोरीले सेती नदिमा हाम फालेको घटना सर्वजनिक भएको छ ।

साविकको महादेवस्थानको बडा नं. ५ मा पर्ने देहिमाण्डौका स्थायी बासीन्दा बोहराका २८ वषिया श्रीमति धौली बोहरा, १२ बषिया छोरी राधीका बोहरा, ८ बषिया छोरा सुरेन्द्र बोहरा र ६ बषिया छोरा सुनिल बोहराले सामुहिक रुपमा सेती नदिमा हाम फालेको आदर्श गाँउपालिका बडा नं. ४ का अध्यक्ष नारायण पछेराले बताउनुभयाे ।

प्रहरीका अनुसार घटना श्रावण १ गते भएको भए पनि प्रहरीलाई ढिला गरी श्रावण ३ गते बेलुकी मात्र जानकारी भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरिक्षक लाल वहादुर धामीले बताउनुभयाे । सेतीमा हाम फाल्ने मध्ये ६ बर्षिया सुनिल वोहरालाई सेती नदिमा माछा मार्दै गरेको मान वहादुर विकले बचाएका थिए भने अन्य तिन जनाको खोजी कार्य जारी छ उनीहरुको केहि पत्ता लागेको छैन् ।

वडा अध्यक्ष पछेराले दिएको जानकारी अनुसार केहि समय अघि देखी महिलाले मानसिक अबस्था ठिक नभएको बताउनुभयाे । भारतमा काम गर्ने धौलीका श्रीमान् घर आएको पनि १५ दिन जति मात्र भएको छ । जिल्ला प्रहरी कार्यालयले घटना सम्वन्धी अनुसन्धान र बेपत्ताको खोजी कार्य गरि रहेको जनाएको छ । घटनास्थल डोटीको तलारा र बैतडीको ढुंगाड क्षेत्रमाको सिमाक्षेत्रमा हो ।

घटना स्थल पुग्न बोहराको घर देखी ४ घण्टाको पैदल यात्रा गरेपछि मात्र पुगीन्छ । घटना कसरी भयो किन भयो भन्ने बारेमा केहि जानकारी हुन सकेको छैन । आज शनिवार मात्र धौलीका श्रीमान् सहितको टोली जिल्ला प्रहरी कार्यालय पुगेपछि मात्र घटनाका बारेमा केहि जानकारी खुल्ने जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।