डा.गोविन्द केसीको पक्षमा काठमाडौमा बिसाल प्रदर्शन

काठमाडौं साउन ५ । २२ दिनदेखि आमरण अनसनमा रहेका डा गोविन्द केसीको पक्षमा काठमाडौंमा विशाल प्रदर्शन गरिएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. केसीले विकट जिल्ला जुमलाबाट २२ दिन देखि अनसनरत छन् ।

 

डा. केसीको माग पूरा गर्न भन्दै माइतिघरबाट सुरु भएको प्रदर्शन नयाँबानेश्वरमा पुगी कोणशभामा परिणत भएको छ । डा केसीका माग पुरा गर्न सरकारलाई दबाब दिन र उनको जीवन रक्षाका लागि आग्रह गर्दे प्रर्दशन गरिएको हो ।

प्रदर्शनमा विभिन्न नेता, समाजका विभिन्न क्षेत्रका अगुवा, स्वास्थ्यकर्मी तथा सर्वसाधरणहरुले उपस्थिती जनाएका छन् । डा केसीको समर्थनमा विवेकशील साझा पार्टीका अध्यक्ष रबिन्द्र मिश्र, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, कल्याण श्रेष्ठ, अभिनेत्री मनिषा कोइराला, मानवअधिकारवादी नेता कृष्ण पहाडी, पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई लगाएत उपस्थित भएका छन् ।

 

यसरी प्रर्दशन भइरहेको समयमा डा केसीले औषधि लिन मानिरहेका छैनन् । डा केसीलाई काठमाडौं ल्याइएपछि वार्ताको वातावरण बन्छ भन्ने सरकारले वार्ताका लागि खासै चासो दिएको छैन ।