अछाममा भिरबाट लडेर एकको मृत्यु

अछाम, साउन ६ । अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मंगलसैन नगरपालिका–१३ बुडाबाडाकी ३० वर्षीया देउरुपा जनालाको भीरबाट लडेर मृत्यु भएको हो ।

भिटामेलाको अग्लो डाँडा भन्ने ठाउमा घाँस काट्ने क्रममा  लडेर मृत्यु भएको स्थानीय अमृता रावतले जानकारी दिएका छन् । घाँस काटेर घर फर्किन लाग्दा भिरबाट लडेर उनको मृृत्यु भएको हो । मृतकका ३ छोरा र १ छोरी गरी ४ सन्तान रहेका छन् ।