कानुन मन्त्री विवादमा तानिएपछि माफी मागे

काठमाडौँ, साउन ६। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सार्वजनिक भाषणमा आफूले बोलेको कुराप्रति माफी मागेका छन् ।

आफ्नो भनाईले बंगलादेशमा डाक्टरको रुपमा अध्ययन गरिरहेका र अध्ययन गरेर फर्किएका छात्राहरुलाई चोट पर्न गएको भन्दै उनले माफी मागेका हुन ।

साउन ४ गते प्राक्सिस इन्टरनेशनल एकेडेमीले एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्न राखेको कार्यक्रममा मन्त्री तामाङले बंगलादेशमा अध्ययन गर्न जाने नेपाली युवतीहरु यौन शोषणमा पर्ने गरेको बताएका थिए ।

सर्वत्र बिरोध भएपछी मन्त्रीले आइतबार विज्ञप्ती निकालेर माफी मागेका छन् ।