कलिला बालबालिकालाई अप्राकृतिक मैथुन गराउने शिक्षक पक्राउ

पर्वत, साउन ८ । फ्ना कलिला बालबालिका शिक्षा दिक्षा दिन बिद्यालय पठाउँछन अभिभावकले । भबिश्यको बाटो देखाउने र असल चरित्र निर्माणका लागि बालबालिकालाइ दिक्षित गर्ने गुरु बाटै बालबालिका चर्को यौन हिंसामा परेका घटनाहरु बाहिर आउन थालेका छन ।

 

पर्वतको फलेबास नगरपालिकामा प्राथमिक तहमा शिक्षा आर्जन गर्न बिद्यालय पुगेका साना बालबालिकाहरु शिक्षकको यौन हिंसामा परेको खुलासा भएको छ । पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नम्वर ६ स्थित माझीगाउ प्राथमिक बिद्यालयका प्राधानाध्यापक जिल्ला खिलप्रसाद पौडेल बिद्यार्थीलाई अप्राकृतिक मैथुन(जर्बजस्ती करणी) गरेको आरोपमा पक्राउ परेका हुन ।

 

५१ बर्षिय प्रधानाध्यापक पौडेलले फलेवास नगरपालिका – ६ मा रहेको माझीगाउ प्राविमा अध्ययनरत ७ देखि १२ बर्ष उमेरका ३ जना बालिका र अर्को एक बिद्यालयमा अध्ययनरत सोही उमेर समुहकी वालिकालाई पटक पटक फकाएर अप्राकृतिक मैथुन गराउँदै आएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रअ पौडेलले करिब एक बर्ष अघि देखि आफ्नो यौनाङ्ग खेलाउन लगाउने र आफुँले पनि बालबालिकाको यौनाङ्ग खेलाइदिने गरेको पिडीत बालबालिकाले अभिभाबक संग बताएका थिए । अभिभावकले उक्त अपराध थाहा पाएपछि आइबार अभिभावक, शिक्षक, र बिद्यार्थीका बिचमा बिद्यालयमा समेत छलफल भएपछि शिक्षकले गरेको अपराध पुष्टि भएको थियो । अभिभावकले प्रअ पौडेललाई कालोमोसो र जुत्ताको माला लगाउँनुका साथै प्रहरी चौकी फलेबासलाई बुझाएका थिए ।

 

अभियुक्त पौडेलका बिरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ भने जवरजस्ती करणी (अप्राकृतिक मैथुन) शिर्षकमा मुद्धा दर्ता गरी पर्वत जिल्ला अदालतबाट ५ दिन म्याद थप गरिएको प्रहरी निरीक्षक रबिन्द्र श्रेष्ठले जानकारी दिए । – नेपाल समाचारपत्रबाट