कठै कम्युनिस्ट सरकार साइकलको कर

 

फाइल तस्बिर

विराटनगर साउन ८। मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकाले साइकल र मोटरसाइकलबाट थप कर लिने निर्णय गरेको छ ।

 

गाउँपालिकाले कर उठाउने निर्णय गरेपछि स्थानीयहरू आन्दोलित बनेका छन् । कानेपोखरी गाउँपालिकाले चालु वर्षदेखि प्रतिसाइकल मासिक १ सय र मोटर साइकललाई २ सय रुपैयाँ कर लिने नीतिगत निर्णय नै गरेको छ ।

 

पञ्चायतकालमा सडकमा गुडिरहेका साइकललाई जबर्जस्ती रोकेर गाउँ पञ्चायत र नगरपञ्चायत उल्लेख गरिएको स्टिकर साइकलको स्पोकमा टाँसेर कर असुली गरिन्थ्यो । मोरङको गापाको यो निर्णय लगत्तै स्थानीय सर्वसाधारण आन्दोलित भएका छन् ।

विरोधमा वडा १ का सर्वसाधारणले शुक्रबार गाउँपालिकामा धर्ना दिँदै प्रमुख ताराबहादुर काफ्लेलाई ज्ञापनपत्र बुझाएका छन् । तीन दिनभित्रमा निर्णय फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी स्थानीयले दिएका छन् ।

 

विजय किस्कुको संयोजकत्वमा १३ सदस्यीय संघर्ष समिति पनि निर्माण गरेका छन् । गाउँपालिकाले सर्वसाधारणलाई मारमा पार्नेगरी गरेको कर निर्धारण फिर्ता नलिए गाउँपालिकामा तालाबन्दी गरेर अवज्ञा आन्दोलन गर्ने संयोजक किस्कुले बताएका छन् ।

 

होक्लाबारी, केरौन र बयरवन गाविसलाई मिलाएर संघीय संरचनामा निर्माण गरिएको कानेपोखरी गाउँपालिका मोरङको मध्यभागमा पर्छ