नाइँ नभन्नु ल ५को शिर्ष फिल्म गित सार्वजनिक

काठमाडाैँ साउन ८।  ‘नाइँ नभन्नु ल ५’ फिल्मको शीर्ष गीत सार्वजनिक भएको छ । वान टाइम सिनेमाको ब्यानरमा निर्माण भएको यस सिनेमालाई विकासराज आचार्यले निर्माण तथा निर्देशन गरेका छन् ।

सिनेमामा पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यको लेखन छ । भदौ ८ गतेदेखि प्रदर्शनमा आउने ‘नाइँ नभन्नु ल ५’ माहरिबोल भण्डारी र गौरीराज जोशीको लगानी रहेको छ ।

मेलिना राईको आवाज रहेको ‘तिम्रो आँखामा आँखा जुधाई’ बोलको यस गीतमा दिनेश थपलियाका शब्द छन् भने वसन्त सापकोटाले संगीत भरेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहको यस गीतलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । गीतमा सिनेमाका मुख्यकलाकार स्वस्तीमा खड्का र अभिषेक नेपाललाई फिचर गरिएको छ । सिनेमामा अभिनेत्री स्वस्तीमाको बाल्यकालको भूमिकामानव–बालकलाकार स्याड्रिना शर्माले निर्वाह गरेकी छिन् ।