नेपाली सेनाको समरजित गुल्मले बाजुरा जिल्लाका चार विदयालयका ७२ जना विद्यार्थीलाइ तीन महिने राष्ट्रिय सेवा दल तालिम दिने

बाजुरा, साउन १० । बाजुराको सदरमुकाम मार्तडीमा रहेको नेपाली सेनाको समरजित गुल्मले जिल्लाका चार विदयालयका ७२ जना विद्यार्थीहरूलाई तीन महिने राष्ट्रिय सेवा दल (एनसिसि) तालिम दिने भएको छ ।

अनुशासित, वफादार र नेतृत्व दिन सक्ने देशभक्त स्वयम् सेवक जनशक्ति एवं सक्षम नागरिक तयार पार्ने उदेश्यले राष्ट्रिय सेवा दल अन्तरगत बाजुरामा पनि समरजित गुल्मले विद्यालयमा कक्षा ८ र ९ मा अध्ययनरत ७२ जना विद्यार्थीहरुलाई तालिम दिन लागेको हो

देश निर्माण कार्यमा सक्रिय भूमिका निभाउनको लागि यस जिल्लाबाट छनोटमा परेका चार वटा विद्यालय मालिका माविबाट ३६, क्रेटर जोन एकेडेमी १२, कन्वर्ष एकेडेमी १२ र बडीमालिका बोर्डिङ स्कुलबाट १२ जना गरि ७२ जना विद्यार्थीहरू छनोटमा परेका थिए ।

उनिहरूलाई राष्ट्रिय सेवा दल (एनसीसी) अन्तरगत बिहीबारबाट शारिरिक तालिम, ड्रिल, सैनिक कला, साहसिक तालिम सिकाउने समरजित गुल्मका गुल्मपति विष्णु सापकोटाले बताएका छन् ।
वि.सं. २०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दलले स्थापनाकालदेखि नै राष्ट्रिय अनुशासन, नेतृत्व, भातृत्व, राष्ट्रिय एकताको भावना, आत्म विश्वास एवं निस्वार्थ सेवाभाव रहेको युवा जनशक्तिको विकास गर्ने उद्येश्यले नेपाली सेनाको सहकार्यमा यस्तो प्रशिक्षण दिँदै आएको नेपाली सेनाले बताएको छ ।

यसै क्रममा अघिल्लो वर्षमा राष्ट्रिय सेवा दल (एनसीसी) तालिम जिल्लाका ३ वटा विद्यालयका ७२ जना विद्यार्थीले तालिम लिइसकेका छन् । यस वर्षको सुरू भएको तालिममा सदरमुकामकै क्रेटर जोन एकेडेमीका १२ जना विद्यार्थी थपिएका छन् ।
राष्ट्रिय सेवा दल (एनसिसि) नेपालको तालिमको बिहीबार समरजित गुल्मले एक कार्यक्रमकाबीच जुनियर डिभिजन तालिम अन्तरगत ४५औँ व्याचको तालिमको सदरमुकाम मार्तडीमा शुभारम्भ गरेको हो ।

देशका ७७ वटै जिल्लामा राष्ट्रिय सेवा दल (एनसीसी) तालिम यस अघिनै सुरु भएपनि बाजुरामा भने विद्यालयहरू वर्षातको समयमा बन्द भएकाले ढिलो सुरू गरिएको समरजित गुल्मका गुल्मपति विष्णु साप्कोटाले बताएका छन् ।  उनले तालिम अवधिभर विद्यार्थीहरूको पढाइलाई मध्येनजर गरि दैनिक रूपमा तालिम दिइने बताएका छन् ।
विद्यार्थीहरूको पढाइलाई मध्यनजर गर्दै तालिम मालिका मावि, क्रेटर जोन, कन्वर्ष एकेडेमीका प्राङ्गणमा दैनिकरूपमा संचालन गरिने समरजित गुल्मले बताएको छ ।