डाक्टर गोविन्द केसी र सरकारबीच २२ बुँदे सहमति उनले बिहिबार राती नै अनसन तोडे

काठमाडौं साउन१० | डाक्टर गोविन्द केसी र सरकारबीच २२ बुँदे सहमति भएसँगै उनले बिहिबार राती नै अनसन तोडेका छन् ।
समझदारीअनुसार १० वर्षसम्म काठमाडौंमा नयाँ मेडिकल कलेज खोल्न नपाइने, अध्यादेशअनुसार नै चिकित्साशास्त्र विधेयक ल्याइने, विगतमा भएका सहमतिको कार्यान्वयन गर्नेलगायतका बुँदा रहेका छन् ।
केसी २७ दिनदेखि आमरण अनसनमा रहेका थिए । अनसन तोडिएसँगै केसीलाई त्रिवि शिक्षण अस्तालकै आइसीयुमा भर्ना गरिएको छ । आज दिनभर केसीको माग बारे सहमति जुटाउन वार्ता भएको थियो । पहिला सरकारी वार्ता टोली र केसी पक्षीय वार्ता टोलीबीच वार्ता भएकोमा त्यसबाट सहमति जुट्न नसकेपछि बिहिबार साँझ अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा प्रम केपी शर्मा ओलीकै उपस्थितिमा भएको वार्ताले सहमति जुटाएको हो|