मन्त्री र कर्मचारीहरुलाई विदेश भ्रमणमा कडाइ 

काठमाडौं साउन ११ –सरकारले मितव्ययी नीति अनुसार मन्त्री र कर्मचारीहरुलाई विदेश भ्रमणमा कडाइ गरेकाे छ।
 प्रधानमन्त्री केपी शर्मा अाेलीले विदेश जाने, घुमेर आउने मात्र गर्नाले ठूला धनराशी खर्च हुन गरेको तर त्यसबाट उपलब्धी शून्य हुने भन्दै कडाइ गरिएकाे बताए।

 

‘गत वर्ष मन्त्रालयगत रुपमा कति कर्मचरी विदेश गएका छन् त्यस वापत कति रकम खर्च भएको छ त्यसको पूर्ण विवरण मैले मगाएको छु,’  नेपाल नगरपालिका संघको प्रतिनिधि मण्डलसँगको कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले भने,’साउन २० गते सम्ममा यो विवरण प्राप्त हुन्छ। त्यसपछि विदेश भ्रमणको उपलब्धी र क्षतीबारे समिक्षा हुन्छ ।

 

प्रधानमन्त्री ओलीले स्थानीय तहका जनप्रतिनिधीलाई पनि कडाइ गरेको बताए। दाताको खर्चमा विदेशमा जाँदा आन्तरिक खर्च नभए पनि सेवाग्राहीलाई दिनु पर्ने समयको क्षती हुने प्रधानमन्त्री ओलीले बताए।

 

महासंघको प्रतिनिधी मण्डालले प्रधानमन्त्री ओलीलाई विभिन्न बिषयमा ध्यानाकर्षण पत्र बुझाएको छ। प्रतिनिधी मण्डलले कर्मचारी समायोजनमा तदारुकता देखाउनु पर्ने,बिषयगत कार्यलयको हस्तान्तरण गर्नुपर्ने,एकिकृत सम्पती करको निरन्तरता,जनप्रतिधिहरुको सुरक्षाको प्रत्याभुति लगायत १६ बुदें ध्यानाकर्षण पत्र बुझाएको छ।

 

प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रीहरुसँग यस विषयमा छलफल गर्ने बताउनुभएको छ । संघका संयोजक अशोक ब्याञ्जुको नेतत्वमा प्रतिनिधि मण्डल आएको थियो।