राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संघीय संसदमा पेश

काठमाडौं साउन ११– सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संघीय संसदमा पेश गरेको छ।
प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विधेयक प्रस्तुत गरेका हुन्।

 

कांग्रेस सभापति शेरबहादुर देउवाले ल्याएको चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक दर्ता भए पनि पारित हुन नसकेपछि वर्तमान सरकारले नयाँ विधेयक संसद् सचिवालयमा दर्ता गराएको थियो।

 

तर,उक्त विधेयकमा असहमति जनाउँदै गोविन्द केसी अनसन बसेपछि अलपत्र रहेको अनसनको २७औं दिनमा गरेको सहमतिमा सरकारले पुरानै अवस्थामा विधेयक पास गराउने जनाएपछि शुक्रबार संसद्मा विधेयक पेश भएको हो।

 

डा केसीसँग भएको सहमति विधेयक संशोधनको प्रक्रिया मार्फत सम्बोधन हुने शिक्षामन्त्री पोखरेलले बताए। उनले सबैको सहमतीमा समितिमा लगेर वा नलगी भए पनि विधेयक ऐनको रुपमा आउने बताए।

प्रतिनिधिसभाको अर्को बैठक आगामी बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ|