को हुन् प्रियंका चोपडाका अमेरिकन प्रेमी निक, के गर्छन उनी ?

 

 

 

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडाका अमेरिकी प्रेमी निक जोनससँग इन्गेजमेण्ट गरिसकेकी छन् । पिपुलडटकमकाअनुसार प्रियंकाको जन्मदिन १६ जुलाई २०१८ भन्दा दुई हप्ता अगाडि उनीहरुले इन्गेजमेण्ट गरेका हुन् ।

 

 

बलिउडकी सर्वाधिक रुचाइएकी अभिनेत्री मध्ये एक मानिने प्रियंकाका प्रेमी निक आखिर को हुन् ? उनी अमेरिकाको टेक्सासमा जन्मिएका पप गायक हुन् । निकसँग प्रियंकाको पहिलो भेटघाट ‘क्वान्टिको’को सेटमा भएको बताइएको छ ।

 

 

यसपछि त्यसको एक वर्षपछि गत वर्षको मई १ मा न्युयोर्कमा भएको मेट गालामा कार्यक्रममा उनीहरु सँगै सहभागी भएका थिए । प्रियंका र निक पछिल्लो एक वर्ष विभिन्न सार्वजनिक ठाउँमा सँगै देखिइरहेका थिए । यसैगरी यही महिना न्युजर्सीमा भएको निकका भाइको विवाहमा पनि प्रियंका पुगेकी थिइन् ।

 

 

प्रियंकाका प्रेमी निक अमेरिकाका प्रसिद्ध स्टार पप गायक मानिन्छन् । गायक, नायक र प्रोड्युसर रहेका २५ वर्षीय निकको नेटवर्थ कमाइ २५ मिलियन डलर गरेको छन् । यस्तै, नायिका, मोडल र गायक रहेकी ३६ वर्षीया प्रियंकाको नेटवर्थ कमाइ ११ मिलियन डलर रहेको छ । भारतको झारखण्डको जमशेदपुरमा जन्मिएकी प्रियंकाका बुवा स्व. अशोक चोपडा र माता मधु चोपडा हुन् ।

 

 

उनले १२ कक्षासम्मको औपचारिक शिक्षा हासिल गरेकी छिन् । यस्तै, अमेरिकाको टेक्सासमा जन्मिएका निक पल केविन जोनस र डेनिस मिलरका छोरा हुन् । उनले हाइस्कुल शिक्षा पूरा गरेका छन् । प्रियंकाको उचाइ ५ फिट ६ इन्च रहेको छ भने निक ५ फिट ७ इन्च अग्ला छन् । प्रियंकाले ५५ वटा फिल्ममा अभिनय गरेकी छिन् भने निकले १७ वटा एल्बममा काम गरेका छन् ।