चमेलीमा’ रोमान्स गर्दै केकी र दिलिप भिडियो यूट्युबमा अपलोड भएको दुई दिनमै दुई लाख भन्दा बढिले हेरिएकाे

काठमाडौं साउन१२ – अभिनेता दिलिप रायमाझी तथा अभिनेत्री केकी अधिकारीले हालसम्म एउटा पनि चलचित्रमा अनस्क्रिन रोमान्स गरेका छैनन्।

धेरै वटा सार्वजनिक समारोहमा संग-संगै कम्मर मर्काएको यो जोडीले पहिलो पटक एउटा आधुनिक गीतको म्युजिक भिडियोमा अनस्क्रिन रोमान्स गर्ने अवसर पाएका छन् ।

गीतकार नारायण भारतीले केकी र दिलिपलाई यस्तो अवसर जुराइदिएका हुन् । अमेरिकामा बसोबास गरिरहेका गीतकार भारतीले रचना गरेको ‘चमेली’ शीर्षकको गीतको म्युजिक भिडियोमा केकी र दिलिपको अनस्क्रिन रोमान्स देख्न सकिन्छ ।

गायक नरेश गौतमको यो गीतको म्युजिक भिडियोको निर्देशन विशाल भण्डारीले गरेका छन् । गीतलाई एनके ब्रदर्सले संगीतबद्ध गरेका हुन् । उदय राज पौडेलले गीतमा संगीत संयोजन गरेका छन् ।

 

 

चमेलीको म्युजिक भिडियो यूट्युबमा अपलोड भएको दुई दिनमै दुई लाख भन्दा बढि पटक हेरिसकिएको छ ।भिडियोलाई गीतकार नारायण भारती तथा ईशा शर्मा भारतीले निर्माण गरेका हुन् । हाइलाइट्स नेपालको यूट्युब च्यानलबाट उक्त भिडियो अपलोड गरिएको हो ।

यस्तो छ चमेलीको भिडियो

<h3