चिनियाँ उपमन्त्रीले प्रचण्डलार्इ भेटेर चीन भ्रमणकाे निम्ताे दिए

काठमाडौं साउन१४। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चीनका उपमन्त्री वाङ वाजुनले  भेटवार्ता  गरेका छन्।

 

साेमबार बिहान भएकाे भेटमा अध्यक्ष प्रचण्डले नेपाल एक चीन नीतिका पक्षमा सदैव रहेकाे र नेपाली भूमि चीनका विराेधमा प्रयाेग हुन नदिने बताए। अध्यक्ष प्रचण्डले नेपालमा कम्युिनस्टकाे स्थायी सरकार रहेकाे र अबकाे लक्ष्य सुखी र समृद्ध नेपाल रहेकाे बताए।

 

उपमन्त्री वाङले नेपाल चीन सम्बन्ध विस्तारका लागि अहिले एकदमै उपयुक्त समय भएको बताउँदै  दुबै देशहरूबीच भएकाे सहमति  कार्यान्यवन  गर्न चीन आतुर रहेको बताए । उनले पूर्वप्रधानमन्त्री प्रचण्डलार्इ चीन भ्रमणकाे निम्ताे समेत  दिएका छन्।
वाङले अाइतबार मात्र प्रधानमन्त्री केपी शर्मा अाेलीसँग भेटवार्ता गरेका थिए।