तेह्र जना पक्राउ विद्युत् चोरी गर्ने

 

राजविराज, साउन १४ । सप्तरीमा जारी रहेको विद्युत् चोरी नियन्त्रण अभियानअन्तर्गत आज १३ जना पक्राउ परेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जिल्लाका विभिन्न ठाउँमा आज गरेको अनुगमनका क्रममा विद्युत् चोरी गर्ने १३ जनालाई पक्राउ गरिएको केन्द्रका प्रमुख चन्द्रनारायण साहले बताउनुभयो ।

 

पक्राउ परेकाको साथबाट एक थान विद्युतीय मिटर, एक थान पंखा र एक थान एलईडी टिभी बरामद गरिएको प्रमुख साहले जानकारी दिनुभयो । उनीहरुलाई विद्युत् ऐनअनुसार रु १५ हजार ५०२ जरीवाना असुल गरी छाडिएको प्रमुख साहले बताउनुभयो ।रासस