दार्चुलामा २ परिवार विस्थापित, ३ घर उच्च जोखिममा पहिरोका कारण

सांकेतिक तस्बिर

दार्चुला, साउन १४ । दार्चुलामा पहिरोका कारण २ ओटा घरपरिवार विस्थापित भएका छन् । शैल्यशिखर नगरपालिका वडा नम्बर ५ मा २ ओटा परिवार विस्थापित भएका हुन भने ३ ओटा घर पहिरोको उच्च जोखिममा रहेका छन् ।

 

घरको माथिबाट खसेको पहिरोका कारण शैल्यशिखर ५ बस्ने खिमसिंह डागाँ र सोही ठाउँका गणेशसिँह डाँगाको परिवार पहिरोका कारण विस्थापित भएका छन् ।

पहिरोका कारण स्थानीय दानसिँह डाँगा, हरसिँह डाँगा र नयनसिँह डाँगाको घर उच्च जोखिममा रहेका छन् । यसअघि साउन ८ गते खसेको पहिरोका करण जोखिममा रहेका ती दुबै परिवार आइतबार पुन आएको पहिरोका कारण पूर्ण रुपमा विस्थापित भएका हुन् । पहिरोबाट विस्थापित परिवार आफन्तकोमा आश्रय लिएर बसेका छन् ।