कक्षा १२ को सबै संकायको नतिजा भोलि सार्वजनिक हुदै

   

काठमाडौं, साउन १५ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । आज मंगलबार नै नतिजा प्रकाशित गर्ने तयारी गरे पनि प्राविधिक त्रुटि देखिएको भन्दै बोर्डले भोलि बुधबार नतिजा सार्वजनिक गर्न लागेको हो ।

सबै संकायको नतिजा एकै पटक निकाल्ने गरि तयारी भइरहेको बोर्डले जनाएको छ । सबै संकायको एकै पटक नतिजा निकाल्न लागेको यो पहिलो पटक हो ।

यसअघि पहिलो चरणमा बिज्ञानको मात्रै सार्वजनिक गरिन्थ्यो भने त्यसपछि व्यवस्थापन, मानविकी र शिक्षा संकायको नतिजा निकाल्ने गरिएको थियो । गत बैशाखमा सम्पन्न कक्षा १२ को परीक्षामा करिब ४ लाख बिद्यार्थी सहभागी थिए ।