यस्तो छ पहिलो नम्बरमा’ गीत ‘छक्का पन्जा ३’को सार्वजनिक भएको

  काठमाडौँ, साउन १५ ।‘छक्का पन्जा-३’ को एक गीतको भिडियो सार्बजनिक भएको छ । सोमबार सार्बजनिक भएको उक्त गीतको बोल ‘पहिलो नम्बरमा’ रहेको छ ।

 

आफैमा एउटा ब्रांन्ड बनाउन सफल यस चलचित्रलाइ ब्रान्ड बनाउनुमा गीतसंगीतको पनि महत्वपुर्ण भूमिका थियो । छक्का पन्जाका अन्य गीतहरु झैँ ‘छक्का पन्जा-३ को भर्खर सार्बजनिक यस गीतको पनि निक्कै चर्चा हुनेमा निर्माण पक्ष ढुक्क रहेको छ ।

 

दशैमा रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ३’‘पहिलो नम्बरमा’ बोलको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् भने गीतको भिडियोलाई पनि आकर्षक लोकेशनमा खिचिएको देखिन्छ छ । विन्दु परियार र डेभिड शंकरको स्वर रहेको गीतलाई राजेन्द्र थापाले लेखेका हुन् भने गीतमा दीपक शर्माको संगीत छ ।

 

यो गीतमा चलचित्रका सबै कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाई, प्रियंका कार्की, वुद्दि तामाङलाई गीतमा देख्न सकिन्छ भने चलचित्रमा विशेष भूमिकामा रहेका नायिकाद्धय स्वस्तिमा खड्का र बर्षा राउतको साथमा निर्देशक दीपाश्री निरौलालाई पनि यो गीतको भिडियोमा हेर्न सकिन्छ ।

 

दिपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा दिपा र दीपकको लगानी छ । यस चलचित्रले कमेडी कथामा सामाजिक सन्देश बोकेको निर्माता दिपकराज गिरीले जानकारी दिएका छन् ।

 

यस्ताे छ हेर्नेुहाेस पहिलाे नम्वरमा भने छक्का पञ्जजा ३काे गितकाे भिडियाे ।