पार्टीको अनुशासन र गोपनियता पालन गर्न तीन नम्बर इन्चार्ज सागरकाे निर्देशन

-विष्णु ‘विकिरण 

ललितपुर साउन १५। का्न्तिकारी माअाेवादीका  ललितपुर जिल्ला इन्चार्ज भरत बुर्जा मगरले आफूलाई एक वर्ष नपुग्दै सागरले भक्तपुर सरुवा गरेकाेेेमा गुनासो गरेका छन्।आफूले कम्तिमा एक वर्ष ललितपुर बस्न पाउनुपर्छ भन्ने कुरा प्रदेश नं ३ का इन्चार्ज सागरलाई राखेपनि सात महिनामै भक्तपुर सरुवा गरिएको बताए।

 

 

ललितपुर जिल्ला पार्टीको बैठ्कमा बोल्दै बुर्जाले भने पार्टीले ल्याएको संगठन सुदृढिकरण अभियानसँगै इन्चार्जहरु हेरफेर गर्ने क्रममा:आफूपनि परेको उनले बताए।देजमोले ललितपुरमा इन्चार्ज हरिकृष्ण गजुरेललाई बनाएपछि बुर्जा अब भक्तपुर सरुवा भएका छन्।

 

उनी ललितपुर सात महिना रहँदा पार्टीको जिल्ला सम्मेलन लगायत जनवर्गीय संगठनमा राम्रो काम गरेको भन्दै जिल्ला कमिटिले भव्य बिदाई समारोह गरेका थिए।जिल्ला सेक्रेटरी श्याम केसी तथा पार्टीका केन्द्रीय सदस्य दिनेश शर्मा ‘सागर’को उपस्थितिमा चलेको सो बैठ्कमा

 

शिक्षकका जिल्ला अध्यक्ष रोहित,देजमोका इन्दिरा,नेवाका जगदीश,विद्यार्थीका इश्वरी लगायत नेता तथा कार्यकर्ताकाे उपर्स्थित थियाे।करीब १ बजेबाट  सुरु भइ ६बजेसम्म चलेको सो कार्यक्रममा सागरले पार्टीको अनुशासन र गोपनियतालाई अक्षरस पालन गर्न निर्देशन दिएका थिए।