काँग्रेसको देशव्यापी प्रदर्शन सरकार विरुद्ध

  काठमाडौं, साउन १६ । पुर्वघोषित कार्यक्रम अनुसार नेपाली काँग्रेसले देशैभरी सरकार विरुद्ध प्रदर्शन गरेको छ । सरकार अधिनायकवादी बाटोमा अग्रसर भएको आरोप लगाउदै आयोजना गरेको विरोध प्रदर्शनमा काँग्रेसले हजारौ कार्यकर्तालाई सडकमा उतारेको दावी गरेको छ ।

 

महङ्गी, भ्रष्टाचार, अनियमिततामा मात्र हैन न्यायालयमा समेत हस्तक्षेप गरी सबै राज्य संयन्त्रमा कब्जा गरेर पार्टी कार्यकर्ता पोस्न वर्तमान सरकार उदत रहेको भन्दै काँग्रेसले विरोध जनाएको छ । सबै जिल्ला सदमुकामा गरिएको एक दिने विरोध प्रदर्शनमा नेपाली काँग्रेसका ५ लाख भन्दा बढी कार्यकर्ता सरकार विरुद्धको आन्दोलनमा उत्रिएको दावी गरेको छ । काँग्रेसले जनसम्पर्क समिति मार्फत ३० देशमा पनि एकै पटक सरकार विरुद्ध प्रदर्शन गरेको बताएको छ ।

 

सरकार विरुद्ध चर्को नाराबाजी गर्दै शुरु गरिएको विरोध कार्यक्रममा नेताहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले लोकतन्त्रलाई नै खतरामा पार्न खोजेको आरोप लगाएका छन् ।

 

महङ्गी बढेको, भ्रष्टाचार बढेको, जथाभावी कर बढाइएको, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वोच्च अदालतलाई समेत नियन्त्रणमा राखेर जथाभावी काम गरेको भन्दै काँग्रेसले राज्यको सम्पुर्ण स्रोत साधन समेत कब्जा गरेर विधिको शासन माथि नै धक्का पु¥याएको आरोप लगाएको छ । सरकारलाई नियन्त्रण गर्ने कुनै अर्को निकाय नै बाँकी नराखेर सरकार सर्वसत्तावाद तर्फ उन्मुख हुनुपरेको भन्दै सरकार नसच्चिए आन्दोलनलाई निरन्तरता दिने काँग्रेसले जनाएको छ । -नेपाल समाचारपत्रबाट