मोबाइल फोनको विद्यालयमा प्रयोग निषेध

मोबाइल फोनको दुरुपयोग गरेर फेसबुक, फोन मार्फत विभिन्न नकारात्मक गतिविधिहरुमा विद्यार्थीहरु संलग्न हुन थालेको, पढाइमा ध्यान कम हुने गरेको विद्यालयमा समेत मोबाइन चलाएर बस्न थालेपछि विद्यालय समयभित्र मोबाइल प्रयोगमा बन्देज लगाउने निर्णय गरिएको विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले जानकारी दिएका छन् ।
मोबाइल फोनको गलत प्रयोग गरेर विद्यार्थीहरु कुलतमा फस्दै गएको, पढाइ प्रभावित भइरहेको, समाजिक मूल्य मान्यता विपरीत गतिविधिहरुमा किशोरकिशोरीहरु लाग्न थालेको भन्दै मोबाइल बन्द गर्ने निर्णय गरीएको हो ।
विद्यालयमा नवप्रवेशी विद्यार्थीहरुलाइ विद्यालयमा पालना गनु पर्ने नीति, नियम तथा आंचारसंहिताका बारेमा समेत अभिमुखीकरण गराइएको विद्यार्थी मानसिंह धामीले जानकारी दिएका छन् ।
विद्यालयमा चालु शैक्षिक सत्रदेखि शैक्षिक गुणस्तर सुधार र बिद्यार्थीहरुलाइ अनुशासित बनाउन आउट पास र इमरजेन्सी पास कार्डको प्रयोग गरिने उनले बताएका छन् ।