नेपालले नेदरल्यान्ड्ससँग एक दिवसीय ऐतिहासिक क्रिकेट खेल्दै

 

काठमाडौं साउन१६। नेपालले नेदरल्यान्ड्ससँग आज ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलीरहेको छ । २ खेलको एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेल आज नेपालले खेलेको हो । एमस्टेलभिनस्थित भिरा क्रिकेट मैदानमा नेपालले घरेलु टिम नेदरल्यान्ड्ससँग दिउँसो पौने ३ बजेबाट खेल सुरु भएको छ ।

 

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, शरद भेषवाकर, बसन्त रेग्मी, शक्ति गौचन, दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, करण केसी र ललित भण्डारी रहेका छन् । त्यस्तै, ललितनारायण राजवंशी, आरिफ शेख रोहित कुमार पौडेल, सन्दीप लामिछाने र सोमपाल कामी रहेका छन् ।त्यस्तै, बैकल्पिक खेलाडीमा विनोद भण्डारी, सुनिल धमला, प्रदीप ऐरी र सुशान भारी रहेका छन् ।

 

ऐतिहासिक खेलमा नेपाल जितको खोजिमा हुनेछ । नेपालले पहिलो खेलमा नै नेदरल्यान्ड्समाथि उसैको भूमिमा जित हात पार्दै सुखद सुरुवात गर्ने दाउमा छ । नेपाली क्रिकेट टिम यतिबेला निकै लयमा रहेको छ । नेपालका कुनै पनि खेलाडीले खेल आफ्नो पक्षमा पार्न सक्ने साहस राखेका छन् ।