कक्षा १२ को नतिजा प्रकाशित, यसरी हेर्नुस् परीक्षाफल

 

काठमाडौं साउन१७। कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले बिहिबार बिहान  परीक्षाफल प्रकाशित गरेको हो ।

यसपटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गरिएको परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले जानकारी दिए ।  ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक भएको नतिजामा  ३.६१ देखि ४ जीपीए ल्याउनेमा ११ हजार १६९ परीक्षार्थी रहेका छन् । यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने ११,२२१, २.०१ देखि २.८० जीपीए ल्याउनेमा५८,३४५, २.०१ देखि २.४० जीपीए  ल्याउने ९०,२९९ परीक्षार्थी रहेका छन् । 

 यस्तै १.६१देखि २.० जीपीए  ल्याउने ६६,४३८, १.२१ देखि १.६० जीपीए  ल्याउने २२, ७३४, ०.८१ देखि १.२० जीपीए  ल्याउने ४४८८ र ०.०० देखि ०.८० जीपीए ल्याउने १९९ जना रहेका छन् । 

नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट लगयतका वेबसाइटमा हेर्न सकिन्छ। १६०० मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ।

सबै संकायमा गरेर १२ को नियमित परीक्षामा दुई लाख ९९ हजार ६७५ जना उत्तीर्ण भएका छन्। आंशिक परीक्षातर्फ एक लाख १७ हजार ४१४ जना उत्तीर्ण भएका छन्।

यो वर्ष परीक्षामा करिब ४ लाख विद्यार्थी सहभागी थिए।परीक्षा गत वैशाखमा  भएको थियो ।