महाकाली नदीमा बगेर एक युवक बेपत्ता

 दार्चुला साउन १७ । दार्चुलाको ब्यास गाउँपालिका–१ बुदिमा महाकाली नदी तर्ने क्रममा एक युवक बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ब्यास गाउँपालिका–२ स्याँकु बस्ने नन्दु धामीको छोरा अन्दाजी १८ वर्षीय रवि धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

 

बिहीबार बिहान ८ बजेतिर बुदिबाट महाकाली तरेर भारत जाने क्रममा धामी नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाउने बित्तिकै प्रहरी चौकी सितापुलबाट प्रहरी टोली घटनास्थल गएर खोजी कार्य भइरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी नबराज अधिकारीले जानकारी दिएका छन् ।