मूख्यमन्त्रीले कैलाली र कञ्चनपुरका सुरक्षा प्रमुखहरुलाई निर्देशन

 धनगढी साउन१८। प्रदेश नं.७ का मूख्यमन्त्री त्रिलोचन भट्टले सुरक्षा निकायका प्रमुखहरुसंग पछिल्लो सुरक्षा अवस्थाको बारेमा जानकारी लिएका छन् ।
कंचनपुर भिमदत्त नगरपालिका २ महुलिया, उल्टाखाम घर भएकी १३ वर्षिय बालिका निर्मला पन्तको बलत्कारपछि हत्या गरिएपछि मुख्यमन्त्री भट्टले सुरक्षा अबस्थाको बारेमा जानकारी लिएका हुन् ।

 

जनताको जिउ धनको सुरक्षा गर्नु प्रदेश सरकारको प्रमुख दायित्व भएको बताउँदै उनले सुशासन र शान्ती सुरक्षा कायम गर्न सुरक्षा संयन्त्रलाई चनाखो भइ काम गर्न पनि निर्देशन दिए ।

 

कैलाली र कञ्चनपुर जिल्लाका सुरक्षा निकायका प्रमुखहरुलाई कार्यालयमै बोलाएर सुरक्षा अवस्थाबारे जानकारी लिदैँ दिन प्रतिदिन हत्या,बलात्कार,चोरी,किर्ते ठगीलगायतका घटनाहरु बढ्न थालेपछि सुरक्षा अबस्था बारेमा सुरक्षा निकायहरुलाई सतर्क रहन निर्देशन दिए ।

 

आज (शुक्रबार) दिउँसो कैलाली र कंचनपुरका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा सम्बद्ध निकायहरुलाई निर्देशन दिएका हुन् । दिनप्रति दिन हत्या र किशोरीमाथि बलात्कारका घटना भई रहेका छन् घटनामा संलग्न दोषीलाई कानून बमोजिम कडा कारबाही गर्न निर्देशन दिएका छन् ।

प्रजिअ, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुले सुरक्षा अबस्थाको बारेमा जानकारी गराउँदै निर्मला पन्तको हत्याराको अनुसन्धान भईरहेको जानकारी गराए ।

 

सुरक्षा अधिकारीहरुले मूख्यमन्त्रीलाई पछिल्लो सुरक्षा अबस्थाको बारेमा जानकारी गराउँदै सुरक्षा संबेदनशिलतालाई मध्यनजर गर्दै सबै सुरक्षा संयन्त्र परिचालन गरिएको बताए ।