कामु प्रधानन्यायाधीश जोशी विदामा वरिष्ठ न्यायाधीश मिश्रले पेशी तोक्ने

 

काठमाडौं, साउन २० । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि वरिष्ठत्म न्यायाधीश ओमप्रकाश मिश्रले पेशी तोक्ने छन् ।

 

कायममुकायम प्रधानन्यायाधीश जोशीको नाम अस्वीकृत भएसँगै उनी बिदामा बस्नुहुने भएकाले वरिष्ठत्म न्यायाधीश मिश्रले साउन २० गते आइतबारदेखि पेशी तोक्ने तयारी गरिएको हो । सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलका अनुसार, आज साउन २० गते आइतबारबाट वरिष्ठतम् न्यायाधीश मिश्रले पेशी तोक्नेछन् ।

 

यसैबीच कायममुकायम प्रधानन्यायाधीश जोशीले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रका विषयमा गम्भीर प्रश्न उठेकाले स्वतन्त्र निकायबाट निष्पक्ष छानबिन गरी सत्यतथ्य पत्ता लगाइदिन सरकार र न्यायपरिषद्लाई आग्रह गरेका छन् । जोशीले साउन १९ गते एक विज्ञप्ति प्रकाशित गरी आफ्नो शैक्षिक योग्यतामाथि उठेको प्रश्नको निराकरणका लागि अनुरोध गरेका छन् । नेपाल समाचारपत्र