पहिरोले जाजरकोट सदरमुकाममा तीन घर पुरिए,उद्धार कार्य जारी

सांकेतिक तस्बिर

जाजरकोट,साउन २० । जाजरकोट भेरी नगरपालिका–३ ठाँटीबजारदेखि पानी नाउँला जाने सडकमा आज बिहान पहिरो जाँदा तीन घर पुरिएका छन् । सदरमुकामको मुख्यबजार रहेको ठाँटीबजारदेखि तल रहेका घर पुरिएपछि अहिले उद्धारकार्य चलिरहेको प्रहरीले जनाएको छ ।

 

घरभित्र मानिस रहेको अनुमान गरिएको छ । घटनास्थलमा उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । घर भित्र मानिस हरेको अनुमान गरिए पनि मानिस भए नभएको एकिन छैन ।