जव वर्षातको समय सुरु हुन्छ तब बाजुरा बासीलाई जहर हुन्छ

बाजुरा, साउन २० । जव वर्षातको समय सुरु हुन्छ तब बाजुराबासीका लागि चिन्ताको विषय बन्छ । बर्षा सुरु भएसंगै जिल्ला सदरमुकाम मार्तडीको मुख्य सडक नै आसिक रुपमा संचालन हुन्छ । सदरमुकाम मार्तडीसम्मको सडककै अवस्था यस्तो हुँदा सदरमुकाम मार्तडीभनदा बाहिर हिँउदका समयमा मात्र चल्ने यी सडक त झनै जेठमसान्तमा नै पूर्णरुपमा अवरुद्ध हुने गर्दछन् ।

 

सडक अबरुद्ध हुन्छ । आवत जावत बन्द हुन्छ । चिल्लो कालोपत्रे बाटो हावाको बेगमा कुद्ने सवारी साधानहरु देख्न बाजुरालीहरु लालायीत भएको करिव २४ वर्ष पुरा भई सकेको छ । सडक संजालमा जोडिन नसकेको बाजुरालाई सडकको पहुँचमा पु¥याउने तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी सरकारको चाहाना अनुरुप वि.स २०५१ सालमा शिलान्यास गरिएको साँफे मार्तडी सडक खण्ड अहिले चिराचिरा बनेको छ ।

 

जब वर्षाद सुरु हुन्छ साँफे मार्तडी सडक खण्ड अहिले आंशिक रुपमा संचालित छ । तर सदरमुकाम मार्तडी सम्म सवारी साधानहरुले प्रवेश नपाएको करिब डेढ महिना पुगेको छ ।

साँफे मार्तडीसडक खण्ड मध्ये बार्जुगाढदेखि सदरमुकाम मार्तडीसम्म जोडिने सडक पुरै क्षेदविच्छेद बनेको छ । सेलाधाट देखि कारागार सम्मको बाटो झनै जोखिम पूर्ण बनेको छ । कालोपत्रे गरेपछि करिव २ महिना पनि सवारी साधन गुड्न नपाउदै पहिरोका कारण दुरावस्था भएको सडकले स्थानीय जनताको खेतिवारी समेतमा क्षेेेति पुर्याएपछि गरिवको भोको पेटमा लात हानेको छ ।

 

भत्केको सडक त सरकारले करोडौँ खर्चेर बनाउला तर गरिवको पेटमा र खेतमा पुरिएको बालुवा कस्ले निकाल्ला यहाँका स्थानीयहरुले गुनासो गररेका छन् ।

 

पहिरोका कारण भत्कीएको सेलाधाट र कारागार सम्मको सडकमा खसेको पहिरो पञ्छ्याउन स्थानीय सरकार र सरोेकारवालाहरुले चाँसो देखाएका छैनन् ।

 

कालो पत्रे गरिएको सडकमा समेत वर्षादमा सवारी साधन चलाउन सकिदैन भने बाजुरालीहरुलाई कालोपत्रे सडक किन चाहियो ? हिउँदका महिनामा त कच्चीबाटो नै काफी छ । तर्सथ सडक डिभिजन कार्यलय, स्थानीय सरकारले पहिरो हटाएर सडक सुचारु गर्न ध्यान दिनुपर्ने स्थानीयको माग रहेको छ ।

 

स्थानीय बजारहरुका सडकलाई कारण बनाएर बढेको मूल्यबृद्धी नियन्त्रण गरि सर्वसाधाराण जनतालाई राहातको महशुस गराउन स्थानीय सरकारले ध्यान दिन जरुरी छ । भारी वर्षाकै कारण सदरमुकाम आसपासका गाउँहरु समेत जोखिममा परेका छन् । सरकारी कार्यालयहरु पनि पहिरोको जोखिममा परेका छन् ।

 

पानिका कारण केही ठाँउमा हिलो र केही ठाँउमा पहिरोका कारण यातायात बन्द हुँदा आवत जावतमा असहज भएको छ । अछामको साँफे देखी मार्तडी सम्म ५७ किलोमिटर रहेको छ । सड्कको तल देखि माथि चारै तिर बाट पहिरो जाँदा सड्कमा हिड्दा समेत निकै जोखिम रहेको स्थानीय बताउँछन् ।

साँफे मार्तडी सड्क खण्डलाई नदिले कटान गर्दै आएको छ । सड्क खण्डको अछामको बुढाबगर र बाजुराको ताप्रिसेरा गुइगाड, तिपाडा लगातयका क्षेत्रमा कटान गदै आएको छ । बुढिगंगा नदिले सड्क भएकै ठाँउ तिर आएर कटान हुदै गएपछि यातायात सञ्चालनमा समस्या आएको सड्क बिभागले जनाएको छ ।

 

अछामको साँफेदेखि मार्तडी सम्म ५७ किलोमिटर रहेको उक्क्त सड्क खण्डको धेरै भागमा नदिकाका कारण सड्क जोखिम अबस्थामा रहेका छ । बाढि र पहिरोले साँफे मार्तडी सड्क खण्ड बिभिन्न ठाँउमा अबरोध हुँदा आवत जावत गर्नमा समस्या हुनुका साथै सामान ढुवानी गर्नमा निकै समस्या भएको छ । यता सर्वसाधाहरणहरुले भने सडक नियमित नभएकै कारण उपभोक्ताहरु महगीको मारमा परेका छन् । ५७ किलोमिटर सड्कमा १ अरब भन्दा बढि खर्च भइसकेको साँफे मार्तडी सड्क खण्डले जनाएको छ ।