यसरी भयो नेपाल बैंकको एफपीओ बाँडफाँड

 

काठमाडौं, साउन २१ । नेपाल बैङ्कको एफपीओ आइतवार बाँडफाँट भएको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार २३ हजार ६ सय २४ जना आवेदकहरुलाई ९३ लाख ७५ हजार ७ सय ५० कित्ता शेयर बाँडफाँट गरिएको हो । यस बैङ्कको एफपीओ आवेदकहरुले मागे जति पाएका छन् । बैङ्कले प्रिमियम सहित प्रतिकित्ता रू। २ सय ८० को मूल्यमा १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीओ जारी गरेको हो । वितरण हुन बाँकी रहेको रू। २ अर्ब ३२ करोड ६५ लाख ५० हजार २ सय ४० बराबरको ८३ लाख ९ हजार १ सय ८ कित्ता शेयर भने ८ ओटा प्रत्याभुतिकर्ता संस्थाहरुले सकार्ने क्यापिटलले जानकारी दिएको छ ।

 

बैङ्कले असार १५ देखि साउन १३ गतेसम्म सर्वसाधारणको लागि एफपीओ जारी गर्दा तोके बमोजिम विक्री हुन नसकेपछि साउन १५ देखि १७ गतेसम्म संस्थापक शेयर धनिहरु, सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा बैङ्कको व्यवस्थापक तथा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिहरुका लागि विक्री खुला गरेको थियो ।

 

हाल रू. ८ अर्ब ४ करोड २६ लाख ६२ हजार चुक्तापूँजी रहेको बैङ्कको एफपीओ पश्चात रू. ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार पुग्नेछ । एफपीओ पश्चात बैङ्कको शेयर संरचना सस्थापकतर्फ ५१ र सर्वसाधारण तर्फ ४९ प्रतिशत कायम हुनेछ । यसअघि संस्थापकतर्फ नेपाल सरकारको ६२ दशमलव २१ प्रतिशत र सर्वसाधारण तर्फ ३७ दशमलव ७९ प्रतिशत शेयर स्वामित्व रहेको थियो । आर्थिक अभियानबाट