लगातारको वर्षाले भक्तपुर डुबानमा, दर्जनौं घर उच्च जोखिममा

 

काठमाडौं, साउन २१ । लगातारको वर्षाले आएको बाढीका कारण भक्तपुरका बिभिन्न भाग डुबानमा परेका छन् । बाढीका कारण मध्यपुर थिमि नगरपालिका र भक्तपुर नगरपालिका अन्तर्गतका बिभिन्न भाग डुबानमा परेका हुन् । हनुमन्ते खोलामा आएको बाढीले मध्यपुरथिमिको राधेराधे क्षेत्र डुबानमा पर्दा खोला आसपासका ७० भन्दा बढी घर जलाम्य भएका छन् ।

 

खोला बढेपछि हनुमन्ते र मनोहरा खोला किनारका बासिन्दाको घर भित्र पानी पसेको छ ।खोलामा बाढी उर्लिएपछि किनाराका बस्ती र भूकम्प पीडितको शिविरमा पानी पसेको हो । मनोहरा खोलामा समेत पानीको सतह बढेपछि सुकुम्वासी बस्तीमा पनि खोला पसेको छ ।

 

बाढीका कारण सयौ घर, मठमन्दिर र विद्यालयहरु डुबानमा परेका छन् ।रातिदेखि डुबानमा पर्न थालेपछि उद्धारको कार्य शुरु गरेको भक्तपुर महानगरीय प्रहरी परिसरका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताए ।

 

बाढीका कारण हनुमन्ते खोलाका पुल र चाँगुनारायण नगरपालिकाको कुईकेल गाउँसमेत खतरामा परेको छ । बर्षाका कारण चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका ग्रामिण क्षेत्रका धेरै ठाउँमा पहिरो गएपछि घरहरु उच्च जोखिममा परेको प्रहरीले जनाएको छ । विशेष गरि सडक छेऊ र भीरमा बनेका घरहरु पहिरोको उच्च जोखिममा परेका छन् ।

 

यातायात कार्यालयले राधे राधे क्षेत्रमा सञ्चालन गर्दै आएको सवारी अनुमतिपत्रको प्रयोगात्मक परीक्षा बन्द भएको छ । अरनिको राजमार्ग्स्थित भक्तपुर र मध्यपुरथिमि जोड्ने हनुमन्ते पुल क्षेत्र भासिएको छ । वर्षाले हनुमन्तेमा बाढी आएपछि सुरक्षाकर्मीलाई रातिदेखि नै तयारी अवस्थामा राखिएको र डुबान क्षेत्रमा परिचान गरिएका महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

 

यातायात कार्यालयले राधे राधे क्षेत्रमा सञ्चालन गर्दै आएको सवारी अनुमतिपत्रको प्रयोगात्मक परीक्षा बन्द भएको छ । अरनिको राजमार्ग्स्थित भक्तपुर र मध्यपुरथिमि जोड्ने हनुमन्ते पुल क्षेत्र भासिएको छ । वर्षाले हनुमन्तेमा बाढी आएपछि सुरक्षाकर्मीलाई रातिदेखि नै तयारी अवस्थामा राखिएको र डुबान क्षेत्रमा परिचालन गरिएका महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए । यसअघि गत असार २८ गते मध्यपुरथिमि क्षेत्र डुबानमा परेको थियो । कारण भक्तपुरमा ३ जनाको ज्यान जानुका साथै करोडौंको क्षति भएको थियो ।

 

यता भक्तपुरको सूर्य्विनायक नगरपालिका सिपाडोलस्थित घ्याम्पेडाँडा तथा रानीकोट जाने सडकमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सूर्यविनायक हुँदै घ्याम्पेडाँडा जाने बाटाको धेरै ठाउँमा पहिरो गएपछि मुख्य सडक नै अवरुद्ध हुँदा यहाँ बासिन्दाले सास्ती खेप्नुपरेको छ ।

 

बर्षा ,बाढी र पहिरोको यता भक्तपुरका भुकम्प पीडितलाई लगातारको बर्षा र बाढीले सताएको छ । शिविरमा बस्दै आएका भुकम्प पीडित सबैको त्रिपाल मक्किएर प्वाल परेकाले वर्षाले उनीहरुको उठीबास लगाएको छ ।

 

भक्तपुरका कतिपय भूकम्पपीडितले अझै सुरक्षित आवास बनाउन सकेका छैनन् । कतिपय टहरामुनी नै छन् ।आफ्नो नाममा जग्गाजमिन नहुँदा उनीहरुले अस्थायी टहरासमेत बनाउन सकेका छैनन । अस्थायी शिविरका टहरा समेत लगातारको झरीले खतरामा परेपछि भुकम्प पीडितको विजोग भएको मात्र छैन उनीहरु आतंकित भएका छन् । शिविरका टहराभित्र आकासबाट परेको पानी र बर्षे भेल समेत पस्ने गरेको छ । नेपाल समाचारपत्रमाबाट ।