जाजरकोट पहिरो पीडितलाई तत्काल आवश्यक राहत उपलब्ध गराइने : मन्त्री बस्नेत

 

काठमाडौ साउन २१।न तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटको भेरी नगरपालिका –३ ठाँटीबजारमा पहिरोमा परी मृत्यु भएका परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने बताएका छन् ।

 

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री बस्नेतले पीडित परिवार तथा तिनका आफन्तलाई सहयोग उपलब्ध गराउने बताएका हुन् । उनले जारी गरीएको विज्ञप्तिमा भनिएको छ– घटनाबाट म स्तब्ध र मर्माहत भएको छु । सरकारका तर्फबाट गर्नुपर्ने उद्दार, राहत, पुनःस्थापना र घाइतेको उपचारका निम्ति आवश्यक पहल र व्यवस्था भइरहेका छ ।

 

विज्ञप्तिमा उद्दार तथा राहत कार्यमा संलग्न स्थानीय प्रशासन, सुरक्षा निकाय, रेडक्रसकर्मी र स्वयंसेवकहरुप्रति उहाँले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

अविरल वर्षासँगै गएको पहिरोमा परी दुईवटा घर पूर्णरुपमा क्षतिग्रस्त हुँदा एकै घरका ४ सहित ८ जनाको मृत्यु भएको छ । मन्त्री बस्नेतले मृतकका परिवार एवं आफन्तजनमा समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

 

आइतबार बिहान खसेको पहिरोले दुई घर पुरिँदा भेरी नगरपालिका वडा नम्बर–६ घर भई ठाँटीबजारमा डेरा गरी बस्ने शितली लोहार उहाँका छोरीहरु १० वर्षीया रञ्जना, ७ वर्षीया मनिषा र ३ वर्षकी भगवती सोही ठाउँकी ८ वर्षीया नज्मा बोहरा, १३ वर्षीया नरेन्द्र परियार र ११ वर्षका नवीन परियार तथा कुसे गाउँपालिका–५ का ८ वर्षीय दशरथ परियारको निधन भएको थियो । यस्तै पहरोमा परी लालबहादुर लोहार र तीर्थराज बोहरा घाइते हुनुभएको छ ।