अवैध सुपारी४० किलो सहित एक जना पक्राउ

 

इनरुवा साउन २१। जिल्ला प्रहरी कार्यालय सुनसरीले ४० किलो अवैध सुपारीसहित एक जनालाई पक्राउ गरेको छ ।

देवानगञ्ज गाउँपालिका–४ स्थित हनुमान मन्दिर नजिकबाट नेपालबाट भारततर्फ बा ३९ प १९७५ नम्बरको मोटरसाइकलमा अवैधरुपमा लैजादै गरेको अवस्थामा  सुपारीसहित देवानगञ्ज–१ का २३ वर्षीय सन्तोषकुमार मेहतालाई पक्राउ गरिएको हो ।

नेपालबाट भारततर्फ सुपारी तस्करी भइरहेको छ भने खबरको आधारमा पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिएका छ्न् ।