प्रहरीको इन्काउन्टरमा दुई जना अपहरणकारी मारिए अपहरणमा परेका निशान खड्का मृत फेला,

 

काठमाण्डौ,साउन २१ ।भक्तपुरबाट अपहरणमा परेका बालक निशान खड्का मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

 

हिजो साँझ काठमाण्डौको काँडाघारीबाट अपहरणमा परेका बालकको उद्दारका लागि काठमांडाै  र भक्तपुर प्रहरीले ठिमीक्षेत्रमा व्यापक सर्च अपरेशन सुरु गरेको थियो ।

 

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख धिरज प्रताप सिंहले बालकको शव आज ठिमीमा भेटिएको बताउनु भएको छ । निशान हिजो साँझ आफ्नै डेरावाट अपहरणमा परेका थिए ।

 

अपहरणकारीको लोकेशन ठिमी क्षेत्रमा रहेको जानकारी पाएलगत्तै दुबै जिल्लाका प्रहरीले ‘सर्च अपरेशन’ सुरु गरेको थियो । अपहरणकारीले खड्कालाई अपहरण गरी करोडौं रकम फिरौती मागेको प्ररम्भिक अनुसन्धानबाट खुलेकाे छ ।त्यसक्रममा प्रहरीको इन्काउन्टरमा दुई जना अपहरणकारी मारिएको प्रहरीले जनाएको छ ।

 

अपहरणकारी अजय तामाङ र गोपाल तामाङको प्रहरीको गोली लागी मृत्यु भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी मनोज न्यौपानेले बताउनु भएको छ ।