का्न्तिकारी माअाेवादीका जिल्ला नेताको टिप्परको ठक्करबाट मृत्यु

काठमाडौ साउन २२। सोमबार दिउँसो आफ्नै काम विशेषले चन्द्रौटा जान लागेका बीरबहादुर गरुङलाई एक टिप्परले ठक्कर दिंदा रुपन्देही वुद्धनगरमा उनको विभत्स रुपमा  हुन गएको हत्या नियोजित र जानाजान भएकाले दोषीमाथि कडा कारवाही गर्न र घाइतेको उचित उपचारका साथै पीडितलाई क्षतिपूर्तिको माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का प्रदेश नम्बर ५ का कार्यवाहक सचिव कमरेड भीषणले कडा विज्ञप्ति जारी गरेका छन् ।

 

बुटवलस्थित ५ नम्बर प्रदेश पार्टी कार्यालयबाट जारी विज्ञप्तिमा ‘घटनाको निष्पक्ष तरिकाले छानबिन गरी दोषीलाई हदैसम्मको कार्बाही, घाइतेको उचित तबरले उपचार र पीडित पक्षलाई पर्याप्त क्षेतीपूर्ति दिलाउन प्रहरी, प्रशासन र सम्बन्धित पक्षले तदारुकताका साथ पहलकदमी लिन हाम्रो पार्टी आग्रह र माग गर्द्छ’ भनिएको छ । यससँगै काम कारबाहीमा भइरहने प्रशासनको ढिलासुस्ती र लापर्वाहीप्रति इंगित गर्दै विज्ञप्तिमा जोडिएको छ– ‘यदि छानबिन गरी दोषीलाई कार्बाही, घाइतेको उपचार र पीडित पक्षलाई क्षेतीपूर्ति दिन आलटाल, ढिला सुस्ती र कहिकतैबाट घटनालाई ढाकछोप र बंग्याउने दुस्प्रयास भए, गरे त्यसको प्रतिबाद हुने कुराप्रति पनि सम्बन्धित सबैको ध्यानाकर्षण गर्न चाहन्छौ ।

 

आफ्नो विशेष कामले कपिलवस्तुबाट चन्द्रौटा जाँदै गरेको अवस्थामा विपरीत दिशाबाट आएको एक टिप्परले ठक्कर दिंदा सोमबार रुपन्देही बुद्ध नगरमा वीरबहादुर गुरुङको घटनास्थलमा विभत्स मृत्यु भएको थियो । आफ्नै साइडमा चलाइरहेको लु.२४ प. ३९९५ को मोटर साइकिलाई विपरीत दिशाबाट आएको ना. ८ ख. १२१४ को टिप्परले ठक्कर दिएपछि गुरुङको घटना स्थलमै मृत्यु भएको थियो ।

 

साथै सोही मोटरसाइकलमा सवार उनकी श्रीमती होलिमाया गुरुङ गम्भीर घाइते अबस्थामा बुटवलस्थित जेनिस अस्पतालको आईसीयु कक्षमा उपचार भइरहेको विज्ञप्तिमा जनाइएको छ । 

 

‘उपर्युक्त घटनाले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) प्रदेश नं. ५ र रुपन्देही जिल्ला समितिलाई स्तब्ध र अत्यन्त मर्माहत तुल्याएको’ भन्दै ‘मृतक वीरबहादुर गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण’ समेत गरिएको छ । विज्ञप्तिमा ‘घाइते होलिमाया गुरुङको शिघ्र स्वास्थलाभको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट’ गरिनुका साथै गुरुङ नेकपा (क्रान्तिकारी माओवादी) को प्रदेश नं. ५ का सदस्य र रुपन्देही जिल्ला समितिको सचिवालय सदस्य भएको जानकारी पनि दिइएको छ ।

 

विज्ञप्तिमा भनिएको छ– ‘घटनाको प्रकृतिले प्रष्टगरेको छ कि दुर्घटना भन्दा पनि नियोजित वा अत्यन्त लाहपर्वाहीले निम्ताएको बीभत्स हत्या हो । टिप्पर गाडीबाट मान्छे मार्ने घटना दिन प्रतिदिन बढिरहे पनि राज्य, सरकार र प्रहरी प्रशासनले उचित कदम चालिरहेको छैन । टिप्पर गाडी “ज्यानमारा गाडी“ भएको छ । तसर्थ टिप्पर गाडी संन्चालानको भरपर्दो र सुरक्षित ब्यबस्थापन गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारसंग आग्रह र माग गर्दछौं ।